काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ।
कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
कम्पनीमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago