काठमाण्डौ । आज दिनभरको कारोबारमा सेयर बजारमा करिब ५ अंकको गिरावट आएको छ भने २० अंकजतिको उतारचढाव भएको छ।
आज बजार घट्दा कारोबार तथा भोलुम पनि घटेको छ। बजारमा भोलुम घट्नु भनेको बिक्रीकर्ता र खरिदकर्ता दुवै पक्ष निष्क्रिय रहेको अवस्था हो।
बजारलाई प्राविधिक रुपमा क्यान्डल स्टिकबाट अघिल्लो क्यान्डल इन्भर्टेड ह्याम्मर बनेको छ भने आज स्पिनिङ टप क्यान्डल बनेको छ। यी सबै क्यान्डलबाट हेर्दा बजारमा अनिर्णयको संकेत देखिन्छ।
बजारलाई १५ मिनेटको चार्टमार्फत पिभट प्वइन्टबाट हेर्दा आज पिभट प्वइन्ट २०८४ आसपासमा प्रतिरोध सामना गरेको देखिन्छ। दिनभरकै कारोबारमा बजारले पिभट प्वइन्ट २०६२ मा सपोर्ट लिएको देखिन्छ।
आज २०७२ मा बन्द भएको बजार यदि आगामी कारोबारमा २०८५ माथि–माथि टिकेर कारोबार हुन्छ भने माथिको यात्रा र २०६० भन्दा तल झर्छ भने बजार केही समय साइडवेज चल्न सक्छ।
अन्य इन्डिकेटर सुपर ट्रेन्ड र इचिमोकुबाट हेर्दा बजार अप ट्रेन्डमा नै रहेको देखिन्छ। आगामी दिनमा घटेमा बजारले क्रमशः २०६०, २०४८ र २०२८ मा सपोर्ट लिनेछ। बढेमा भने बजारले क्रमशः २०८२, २०९६ र २११६ मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
31 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago