काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च गरिएको रकमलाई सभाले अनुमोदन गर्नेछ। नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट १ जना तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) सर्वसाधारण सेयरधनीहरुबाट १ जना गरी जम्मा २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि गर्ने सञ्चालकहरुको निर्वाचन पनि सभाले गर्नेछ। 

सभाले त्यस आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। 

उक्त आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुलाई लाभांश भने प्रस्ताव गरेको छैन। सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।