काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुरानो नगद लाभांश लिन आफ्ना सेयरधनीहरुलाई तोकेता गरेको छ।
नेप्सेले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७२/७३ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश नबुझेका आफ्ना १० सेयरधनीहरुलाई बुझिलिन ताकेता गरेको छ। सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र पुरानो नगद लाभांश बुझिलिन नेप्सेले आग्रह गरेको छ। तोकिएको अवधिभित्र नगद लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि नेप्सेले जनाएको छ।
नेप्सेले गौरीशंकर फाइनान्स कम्पनी, ज्याइन्ट सेयर इन्भेस्टमेन्ट कम्पनी, लायन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी, निखिल सेक्युरिटिज, ओम सेक्युरिटिज एन्ड अलाइड सर्भिस, शर्मा सेयर मार्केट, शिवशक्ति स्टक एन्ड इन्भेस्टमेन्ट, युनाइटेड स्टक एन्ड सेक्युरिटिज र यती सेक्युरिटिजलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। यी कम्पनीले नेप्सेबाट २ लाख ७३ हजार ८२८ रुपैयाँ नगद लाभांश बुझ्न बाँकी छ।
यी लगानीकर्तालाई नगद लाभांश बुझ्नका लागि नेप्सेको काठमाण्डौको यूएनआई शान्तिमार्गस्थित कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago