काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२-७३ र त्यसपछिका वर्षहरुमा वितरण गरेका नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो। कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गरी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सूचनामा आग्रह गरिएको छ।
यसैगरी कम्पनीले आर्थिक वर्ष २०७०-७१ र २०७१-७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश रकम बुझिलिनका लागि विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरेकोमा अझै पनि केही सेयरधनीहरुले लिन बाँकी रहेको जानकारी गराएको छ। अबको ३० दिनभित्र उक्त लाभांश लिन नआएको खण्डमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।
20 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago