काठमाण्डौ । धादिङ जिल्लाको निलकण्ठ गाउँपालिकको वडा नं. १२ र १३ जोड्ने चिरिन पुच्छर थोपल खोलामा ७३ मिटर लम्बाइको पक्की पुल निर्माणमा केडिया अर्गनाइजेसनअन्तर्गतको संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको छ। 

मिस वर्ल्र्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठले ’व्यूटी विथ ए पर्पाेज’ प्रोजेक्टका लागि थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनोट गरेकी छन्। सोही पुल निर्माण आवश्यक पर्ने सिमेन्ट उपलब्ध गराउन सहमति बनेको हो। 

आज आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको हो। कार्यक्रममा वृज सिमेन्टका तर्फबाट वृज सिमेन्टका अध्यक्ष्य ताराचन्द केडिया एवं कार्यकारी निर्देशक मोहित केडियाले सहयोगको घोषणा गरेका थिए। 

पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघसंस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बिभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ। पुष्पतारा केडिया फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाको रुपमा रहेको छ।