काठमाण्डौ । पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो।
पुसमा वाणिज्य बैंकहरुको निक्षेप ८७ अर्ब रुपैयाँ बढेको छ। जब कि गत मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले मात्रै बढेको थियो।
पछिल्लो तथ्यांक पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिरसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो।
पुसमा वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पुस मसान्तसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
गत मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ। मंसिरमा वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए।
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago