काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार पुस २७ गतेबाट रोकिने भएको छ। 

दुवै बैंकले नेप्से नेपाल धितोपत्र बोर्ड (सेबोन) मर्जर निर्देशिकाबमोजिम पुस २७ गतेबाट सेयर कारोबार रोक्का गरिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका हुन्। अब नेप्सेले यी दुवै बैंकको सेयर कारोबार रोक्का गर्नेछ। 

नेपाल इन्भेस्टम बैंक र मेगा बैंकबीच मर्जर प्रक्रिया पूरा यही पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नाममा एकीकृत सुरु हुनेछ। नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै बैंकले सेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई आग्रह गरेका हुन्। 

इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियोमा मर्ज भएका हुन्। 

दुवै बैंकको गत पुस ७ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो। 

एकीकृत कारोबार प्रयोजनार्थ डाटा माइग्रेसनलगायतका प्रयोजनका लागि दुवै बैंकको पुस २५ गते र पुस २६ गते आफ्नो केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द रहने दुवै बैंकले जनाएका छन्।