काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले यही पुस २९ गते बुधबार वार्षिक साधारणसभा डाकेको हो। सभा बैंकको काठमाण्डौ कमलादीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान साढे ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १० प्रतिशतले हुने बोनस सेयर र ३.०५ प्रतिशतले हुने नगद लाभांश रहेका छन्।

बोनस सेयर जारीपछि पुँजी वृद्धि भई पुँजीगत संरचना संशोधन गर्नुपर्ने भएको हुँदा बैंकको प्रबन्धपत्र पनि संशोधन गरिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सोही सभाले अर्को कुनै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।