काठमाण्डौ । कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी पुस ४ गतेबाट आवेदन खुला गरिने भएको छ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्न लागिएको हो। इच्छुक नेपाली पुस ८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ।
शाखाले कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार माघ १६ देखि माघ २७ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै फागुन ८ देखि फागुन १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।
सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा फागुन ३ देखि फागुत ५ गतेसम्म तथा दोस्रो चरणमा चैत १ देखि चैत ३ सम्म मिति तोकिएको छ।
भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तीर्णांक प्राप्त गर्ने वा उत्तीर्णांक प्राप्त गर्नेहरुमध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेशगरिनेछ। पहिलोर दोस्रो चरणमा गरी अनुमानित उत्तीर्ण संख्या ६ हजारको अन्तिम नतिजा प्रकाशन गरिनेछ। यसमा कोरियामा कामदारको मागअनुसार उत्तीर्णय संख्या थपघट हुन सक्नेछ।
एक व्यक्तिले एक उपक्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउनेछ। परीक्षा शुल्क २८ डलर तोकिएको छ।
इच्छुकले eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
8 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago