काठमाण्डौ । पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकले यस्तो देखाएको हो। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ। 

पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ। गत पुस २ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको हो।

यसैगरी पुस लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी थप ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८४ रुपैयाँ रहेको पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। 

पछिल्लो एक सातामा भने वाणिज्य बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ। गत पुस २ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो।