काठमाण्डौ । सरकारले पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषा दिंदै पूँजी बजारको विकास र विस्तारको नीतिलाई प्राथमिकतामा राख्ने बताएको छ । 

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै यसको विकास र विस्तार गरिने बताएकी हुन् । 

पूँजीबजारमा लगानीकर्ताको आकर्षण वृद्धि र पूँजी बजारका नियामक निकायको क्षमता समेत अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 
राष्ट्रपति भण्डारीका अनुसार सरकारले आगामी वर्ष नेपालको क्रेडिट रेटिङ पनि गर्नेछ । 

यस्तै बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने नीति समेत ल्याइने घोषणा भएको छ ।