काठमाण्डौ । भविष्यमा वाणिज्य बैंक बन्ने उद्देश्य लिएको मुक्तिनाथ विकास बैंकले पूँजी बढाउने प्रस्ताव वार्षिक साधारणसभा लैजाने भएको छ । 

यो बैंकले आगामी मंसिर २९ गतेका लागि आफ्नो १२ औं वार्षिक साधारणसभा आह्वान गरेका हुन् ।

पोखराको सिटी स्क्वायरमा आह्वान गरिएको साधारणसभामा विशेष प्रस्तावको रुपमा १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई लैजाने भएको छ । 

यस्तै, १८.२५ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको २० प्रतिशतको दरले हकप्रद सेयर निश्कासनको प्रस्ताव समेत साधारणसभामा लैजाने भएको छ । 

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १८ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसको अर्थ साधारणसभा सहभागी हुन र प्रस्तावित बोनस सेयर पाउन चाहने लगानीकर्ताले मंसिर १७ गतेसम्म यो बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ ।

यो बैंकले साधारणसभामा आफ्नो अधिकृत पूँजी ४ अर्ब पुर्याउने प्रस्ताव समेत लैजानेछ ।