काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।  

कोरोना संक्रमण भएपछि वरिष्ठ नेता खनाललाई गत शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। हाल खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ। 

खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।