काठमाण्डौ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन्। 

गत वैशाख १८ गते नर्भिकमा भर्ना भएका नेता खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो। नर्भिकमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो। 

नर्भिकमा भर्ना भएपछि खनालकोस्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो। यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो। चिकित्सकहरुको सल्लाहअनुसार नै खनाल आज डिस्चार्ज हुन लागेका हुन्। 

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो।