– रेखा चन्द

काठमाण्डौ । फुटबलको महाकुुम्भ मानिने विश्वकप फुुटबल प्रतियोगिताका खेलहरु अहिले कतारमा भव्यताका साथ भइरहेका छन्। 

हरेक ४ वर्षमा हुने यो इभेन्ट विश्वकै सबैभन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो। युरोपकप र ओलम्पिकभन्दा पनि यो महासंग्रामलाई नजिकबाट नियाल्न र रोमाञ्चक अनुभव बटुल्न विश्वका खेलप्रेमीहरु आयोजक राष्ट्रका रंगशालामै पुग्ने गरेका छन्। रंगशालामा पुग्न नपाएका खेलप्रेमीहरु भने स्थानीयस्तरका विभिन्न क्लब, होटेल तथा रेस्टुराँमा गएर ठूलो पर्दामा खेल हेरेर रमाउने गर्छन्। विश्वका प्रायः सबै घर–घरमा फुटबलकै महौल देखिने पनि गर्छ। 

नेपालमा पनि फुुटबल खेल मन पराउने र खेल्न रुचाउने जमात ठूलै छ। त्यसकारण २२औँ संस्करणको यो फिफा विश्वकप फुुटबललाई पनि नेपालीले नछुटाइ हेरिरहेका छन्। 

त्यतिमात्रै नभई आफ्नो मनपर्ने देशका जर्सी, झन्डा, हुड, मफलरलगायत खरिद गरी सपोर्ट गरिरहेका भेटिन्छन्। हाल पसलहरुमा ती सामग्री खरिद गर्ने खेलप्रेमीहरुको भीड पनि बढेको छ। 

कतिपय व्यक्ति आफ्ना टिमलाई प्रत्यक्ष रुपमा समर्थन जनाउन आफ्नै खर्चमा कतार पुुगेका छन्। नगएकाहरु भने प्रत्यक्ष प्रसारणबाटै खेलको मज्जा लिइरहेका छन्। 

विश्वकप फुुटबल प्रत्येक संस्करणमा फरक–फरक राष्ट्रले आयोजना गर्दै आएका छन्। यसपालिको आयोजक कतारको समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगल छन्। 

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न भाग लिएका छन्। सहभागी राष्ट्रलाई ८ समूहमा विभाजन गरिएका छन्। 

आमसर्वसाधारणमात्रै नभएर कर्पोरेट क्षेत्र, बैंक तथा वित्तीय संस्थाका अधिकारीदेखि पूर्वबैंकरले पनि फिफा विश्वकपलाई नियालिरहेका छन्। 

पूर्वबैंकर भुुवन दाहाल फुुटबल खेल आफूलाई सानैदेखि धेरै पर्ने खेल बताउँछन्। लामो समयको बैंकिङ अनुुभव लिइसकेका दाहालले अहिले कतारमा चलिरहेको फिफा विश्वकपलाई पनि नियालिरहेका छन्। 

बालापनमा आफूहरुले भोगटेको दानालाई बल बनाएर खेल्ने गरेको दाहाल सम्झिन्छन्। ‘त्यतिबेला कपडा र प्लास्टिक बेरेर बल बनाएर पनि फुुटबल खेल्थ्यौँ’, उनले भने, ‘त्यसमाथि म जहिल्यै पनि गोलकिपर भएर खेलेको सम्झना छ। पछि मात्रै ठूलो बलमा खेल्ने थालेको हो।’

त्यसबेला गाउँघरमा टेलिभिजन नभएकोले आफूले काठमाण्डौ आएपछि पहिलोपटक सन् १९९० तिर विश्वकप फुुटबल हेरेको दाहाल बताउँछन्। 

पछिल्लो समयसँगै व्यावसायिक र व्यवहारिक रुपमा जिम्मेवारी थपिएकोले फुुटबलप्रतिको रुचि केही घटेको दाहालको भनाइ छ। ‘यद्यपि केही वर्षअघि राष्ट्र बैंकले आयोजना गरेको फुुटसल प्रतियोगितामा भने सहभागी भएको थिएँ’, उनले भने। 

पूर्वबैंकर दाहालले अहिलेको विश्वकप फुुटबल लगातार सबै खेल नहेरे पनि केही खेल हेर्ने गरेका छन्। ‘पहिला विश्वकप प्रायः जुुन–जुुलाई हुन्थ्यो’, उनले भने, ‘म नबिल बैंकको फाइनान्स विभागमा हुँदा त्यही समयमा बजेटहरु बनाउनुुपथ्र्यो, बजेटको समयमा नै किन विश्वकप भएको होलाजस्तो लाग्थ्यो। त्यसैले कुनै बेला ममा पनि फुुटबलप्रति क्रेज धेरै थियो तर अहिले केही कम भएको छ।’

विशेषगरी ब्राजिल र अर्जेन्टिना दाहालका मनपर्ने टिम हुन्। उनी भन्छन्, ‘यो विश्वकप ब्राजिल र अर्जेन्टिनामध्ये एउटाले जितोस् भन्ने लाग्छ। तर, एकसेएक टिम छन् अन्तिममा कसले जित्छ हेरौँ।’

दाहाल पछिल्लो समय भलिबल, टेबुुल टेनिस र ब्याडमिन्टनमा रुचि राख्छन्।