काठमाण्डौ। नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। 

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ। 

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।