काठमाण्डौ । पूर्वअर्थसचिव रामेश्वर खनालले बिहीबारदेखि नयाँ वैवाहिक जीवनको सुरुआत गरेका छन्।
पूर्वसचिव खनालले सरिता शर्मा पोखरेलसँग नयाँ वैवाहिक जीवनको सुरुआत गरेका हुन्। खनाल र शर्माले दुवैका परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका हुन्।
खनालकी पत्नी सचित्रा खनालको क्यान्सरका कारण २१ असोज २०७६ मा निधन भएको थियो। त्यसपछि उनी एकल जीवन बिताइरहेका थिए।
उता शर्मा पनि १९ वर्षदेखि एकल जीवन बिताइरहेकी थिइन्। शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो।
खनाल र शर्मा दुवैका एक–एक छोरी छन्। बाँकी जीवन साथै बिताउन परिवार र आफन्तको समर्थनमा विवाह बन्धनमा बाँधिने निर्णय गरेको खनालले बताए।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago