काठमाण्डौ । रिभर्ज बैंक अफ इन्डिया(आरबीआई) का पूर्व गभर्नर एस बैंकटरमनको निधन भएको छ।
उनी सन् १९९० देखि १९९० सम्म गभर्नर पदमा कार्यरत रहेका थिए ।उनको ९२ वर्षको उमेरमा निधन भएको हो । १८ औं गभर्नरका रुपमा कार्य गर्ने मौका पाएका उनले सन् १९८५ देखि १९८९मा वित्त मन्त्रालयमा वित्त सचिव पनि भएर काम गरेका थिए । उनका दुई वटा छोरी छन् ।
उनले कर्नाटक सरकारको वित्त सचिव र सल्लाहकारको रूपमा पनि काम गरेका थिए । सेवानिवृत्त भएपछि पनि उनी अशोक लेल्याण्ड इन्भेस्टमेन्ट सर्भिसेज, न्यू त्रिपुरा एरिया डेभलपमेन्ट कर्पोरेशन र अशोक लेल्याण्ड फाइनान्सका अध्यक्ष भएका थिए ।
उनी रिलायन्स इन्डस्ट्रीज, एसपीआईसी, पिरामल हेल्थकेयर, तमिलनाडु वाटर इन्भेस्टमेन्ट कम्पनी र एचडीएफसी जस्ता कम्पनीहरूको बोर्डको पनि सदस्य थिए ।भारतमा सबैभन्दा ठूलो सेयर बजार घोटाला पनि गभर्नरको रूपमा रहेकै बखत प्रकाशमा आएको थियो। जसमा हर्षद मेहता पनि थिए ।
मेहता र अन्यलाई सरकारी ऋणपत्र बजारमा हेरफेर गरेको र स्टकको मूल्य बढाउन कोषहरू लुटेको आरोप लगाइएको थियो। यो घोटाला सन् १९९२ मा प्रकाशमा आएको थियो। -एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago