काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ। 

यसअघि गत चैत ३ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

इन्डियन आयल कर्पोरेसनबाट अप्रिल १ मा प्राप्त मूल्यअनुसार पेट्रोलियम पदार्थ मूल्य समायोजन गरिएको निगमले जनाएको छ। 

खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत नै राखिएको छ।