काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो ११० औं शाखा पोखराको अमरसिहं चोकमा संचालनमा ल्याएकोे छ। 

यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११० शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउण्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकको शाखा संख्या ११ पुगेको छ ।