काठमाण्डौ। कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनतर्फबाट नेपाक एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन्।
आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार मेयरमा आचार्यले ५८ हजार ८९३ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याए। थापा ६ हजार ४५ मतले आचार्यभन्दा पछि परेका छन्।
पोखराको उपमेयरमा एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भएक छिन्। गुरुङले ६० हजार ५४६ मत ल्याएकी छन्। गुरुङको निकटम प्रतिद्वन्द्वी कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago