काठमाण्डौ । पोखरामा ग्रीन डेभलपमेन्ट बैंकले  थप दुई शाखा विस्तार गरेको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले वुधवार कास्की जिल्लाको पोखरा महानगरपालिका भित्र थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको सुभारम्भ बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले गरेका थिए भने छोरेपाटन शाखाको सुभारम्भ बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले स्थानीय स्तरबाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानीय बैंक हुने बताए । सोही कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको र गण्डकी प्रदेशको उत्कृष्ट बैंक बनाउने लक्ष्य रहेको बताए ।

वैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटीएम सेवा, आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्धती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । वैंकले छिट्टै नै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको बताएको छ ।