काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ।

पोखराको कुटी रिसोर्ट होटलमा आज बिहीबार आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखहरुको उपस्थिति थियो। कर्मचारीलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैरकानुनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिकाबारेमा तालिम दिएका थिए। तालिममा २२ जना प्रमुखको सहभागिता थियो। 

भोलि सञ्चालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अन्डरराइटिङका तरिकाहरुबारेमा तालिम सञ्चालन हुनेछ । भोलिको तालिममा अन्डरपराइटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम छ। 

कम्पनीले २०७८ असार मसान्तभित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी पुनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ।