काठमाण्डौ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको मौलिक उत्पादनहरुको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारका लागि महत्वपूर्ण कोसेढुंगा (माइलस्टोन) साबित गरेको छ। 

शोरुमको सुरुआतसँगै फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताका रुपमा आफ्ना ग्राहकहरुको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ। सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ। पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरु रोपिनेछ। यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै आफ्ना उपभोक्ताहरुलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ।

बिक्रीको अतिरिक्त पोखराको सेगवे शोरुमले ग्राहकहरुलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ। शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरका लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्। 

टोलीले ग्राहकहरुकोे सेगवे स्कुटरहरुमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन्। यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरुको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ। यो शोरुम थ्रीएस सुविधा सम्पन्न रहेको छ, बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरुले विश्वासका साथ सेगवेका उत्पादनहरु खरिद गर्न सक्नेछन्।

नयाँ शोरुममा सेगवेका लोकप्रिय इलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिनेछन्। यसका साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–राइड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ। पोखरा र आसपासका क्षेत्रका ग्राहकहरुले अब सेगवेका विभिन्न मोड़ल सजिलै  निरीक्षण र खरिद गरी सन्तुष्ट अनुभव  गर्नेछ। 

नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–शृंखलाअन्तर्गतका ई–१००, ई–१२५ र ई–११०एलले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्व छन्। भर्खरै सेगवले नेपालमा एन–शृंखला अन्तर्गतको एन१०० सार्वजनिक गरेको छ। सेगवे नाइनबटको एन१०० ७२–भोल्ट ईलेक्ट्रिक स्कुटर हो। जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ। 

एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुसलेस मोटर जडित छ। जसले गर्दा एक पटकको चार्जमा १०५ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ। यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राइडीगोजस्ता स्मार्ट टेक्नोलोजीसहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ। यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ। जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ।

सेगवे व्यक्तिगत यातायात साधनको लागि एक विश्वव्यापी अग्रणी प्रदायक हो। जसले मानिसहरुलाई अझ प्रभावकारी, दिगो र रमाईलो यात्रा गर्न नवीन उत्पादनरु सिर्जना गरेको छ। आफ्ना रोमाञ्चक उत्पादनहरु सार्वजनिकसँगै सेगवेले मोबिलिटी क्रान्ति र नवीन समाधाहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ।