पोखरा । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले बहुप्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारिक विक्रेता एसियन अटो मोबाइल्स माफर्त बिक्री प्रारम्भ गरेको छ । 

यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसरमा पौष २७ गतेका देखि शुभारम्भ गरिएको हो । 

मेला अवधिभर खरिद गर्ने प्रथम केही ग्राहकहरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गर्ने जनाइएको छ । महिन्द्राको मोजोले आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । 

साहसिक, मजेदार  स्टाइलिङ्ग महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इञ्जिन रहेको छ । यसमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइकले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने छ ।