काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर प्रस्तुत गरेको छ । 

फाइनान्सको साउन २८ गते सोमबार बसेको ४५४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडाकोषबाट ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

प्रस्ताव अनुसार फाइनान्सले ७ करोड ९ लाख बराबरको नगद लाभांश र ४ करोड ८ लाख २२ हजार ५ सय ६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ८१ करोड ६४ लाख रहेको छ । बोनस सेयरपछि चुक्तापूँजी बढेर ८६ करोडको हाराहारीमा पुग्नेछ । 

बोर्ड बैठकले प्रस्ताव गरेअनुसारको लाभांश नेपाल राष्ट्रबैंक र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने यो कम्पनी दोश्रो हो ।