काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा २३.६५ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको समीक्षा अवधिमा सञ्चालन मुनाफा ४ करोड २४ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ३ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी संस्थाले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६ करोड ४४ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

संस्थाले समीक्षा अवधिमा ६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी  ५ अर्ब ५१ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ४८.२० प्रतिशतले बढाएको छ । गत वर्ष रिजर्भको आकार १७ करोड ४८ लाख रुपैयाँ रहेकोमा यो वर्षको प्रथम त्रैमासमा बढेर २५ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.७० रुपैयाँ र पीई रेसियो १०.२२ रहेको छ ।