काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित पोखरा फाइनान्स लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार पोखराकोदरबारथोक बैंक्वेटमा गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको ७.२० नगद लाभांश (करसहित) अनुमोदन हुनेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक र अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

सभामा अन्य महत्वपूर्ण बुँदाहरु छलफल गरी पारित हुने बताइएको छ। 

साधारणसभा प्रयोजनका लागि पुस ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय संस्थाले लिएको छ । साधारणसभा भा लिन र लाभांशका लागि योग्य हुन पुस ३ गतेसम्म संस्थाको सेयरधनी कायम हुनुपर्नेछ ।