काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आज(साउन २९)देखि २१ करोड ६४ लाख मूल्यको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको छ । 

पछिल्लो बजार मूल्य प्रतिकित्ता २ सय ५२ रुपैयाँ रहेको यो फाइनान्सको एफपीओ एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय २० रुपैयाँको दरले निश्कासन गरिएको हो । 

एफपीओमा आगामी भदौ १ गतेभित्र आवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ४ हजार ९ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

पोखरा फाइनान्सको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुकले आस्वा सेवा संचालनको अनुमति पाएका देशभरका बैंक तथा तिनका शाखाहरुबाट अनलाइन आवेदन दिनसक्नेछन् । 

इक्रा नेपालले पोखरा फाइनान्सको एफपीओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको छ, यसको अर्थ यो कम्पनीको अवस्था सन्तोषजनक छैन भन्ने हो । 

एफपीओ बिक्रीपछि पोखरा फाइनान्सको चुक्तापूँजी ६५ करोड ५७ लाख पुुग्नेछ भने जगेडा कोषमा ११ करोड ८० लाख रकम थपिनेछ । 

यो कम्पनीले एफपीओ लगत्तै १५ प्रतिशत हकप्रद वितरणको यसअघि नै घोषणा गरेको छ । हकप्रदको समेत पूँजीकरणपछि चुक्तापूँजी ७५ करोड ४० लाखको उचाईमा पुुग्नेछ । 

यो फाइनान्सको एफपीओमा लगानी गर्ने कि नगर्ने ? यो समाचार पढ्नुहोस् :