काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली  र पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्वारा व्यवस्थापन गरिनेछ।  दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन सम्झौता गरिएको थकालीले बताए।

प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पीएमएसअन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्तालाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ।

प्रभु क्यापिटलको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा र पोखरा फाइनान्सको भने पोखराको न्युरोडमा रहेको छ।