काठमाण्डौ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन्।
सरकारले केही समयअघि कम्बोडियाको एउटा होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि व्यहोर्ने निर्णय पनि गरेको मन्त्री पौडेलले जानकारी दिए।
यसैगरी गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जीव अएडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यसैगरी सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ।
2 minutes ago
28 minutes ago
30 minutes ago
41 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago