काठमाण्डौ । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा १५ जना विदेशी यात्रु सवार रहेको खुलेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेको विमान ५ भारतीयसहित १५ जना विदेश यात्रु सवारी थिए। जसमा ४ जना रुसका, २ जना कोरियाका र आयरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया र फ्रान्सका १–१ जना यात्रु थिए । अन्य बाँकी सबै यात्रु नेपालका थिए। 

विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ यात्रु सवार थिए। 

काठमाण्डौबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान सेती खोँचमा दुर्घटना भएको थियो।  दुर्घटनाग्रस्त क्षेत्रबाट अहिलेसम्म ३६ जनाको शव निकालिएको छ।