कास्की। यती एयरलाइन्सको विमान आज बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाएका थिए।  

प्राधिकरणका अनुसार यात्रुमध्ये ६२ जना वयस्क र ३ जना बालबालिका र ३ जना अशक्त भएका व्यक्ति सवार थिए।

- RSS