काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ५०२.४९ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा संस्थाले १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा ८६ लाख ५ हजार रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा २ लाख ९० हजार रुपैयाँमा सीमित थियो ।

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ४ करोड ९ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष २ करोड ९४ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ  ।

समीक्षा अवधिमा संस्थाले ७४ करोड ९६ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५४ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ८०.१२ प्रतिशतले बढाएको छ । गत वर्ष ५ करोड ८५ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर १० करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी १० करोड रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९७.६७ रुपैयाँ पुगेको छ ।