काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको देखिन्छ।
कोरोना महामारी बेला बैंक तथा वित्तीय संस्थाहरुको बिजनेस शिथिल बन्दा प्रणालीमा तरलता बढेको थियो। तर पछिल्लो समय कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरु निकै आक्रामक बन्दा तरलतामा दबाब सिर्जना हुँदै गएको थियो।
अहिले कर्जा लगानी र निक्षेप संकलन दुवै बढ्दै गएकोले तरलता सहजै रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। ‘अहिले प्रणालीमा ५३ अर्ब रुपैयाँ रहेको छ’, उनले भने, ‘त्यसैले तरलतामा खासै दबाब छैन।’
सरकारले पुँजी खर्च बढाउँदै लैजानु र पुनरकर्जाको रकम पनि प्रणालीमा जानुले तरलता सहज बन्दै गएको प्रवक्ता ढकालको भनाइ छ।
ढकालका अनुसार १४४ अर्ब रुपैयाँ पुनरकर्जाको रकम स्वीकृत भएको छ। ‘स्वीकृत पुनरकर्जाको रकममध्ये बैंक तथा वित्तीय संस्थाहरुले ११६ अर्ब रुपैयाँ लगिसकेका छन्’, उनले भने, ‘बाँकी २८ अर्ब रुपैयाँ पनि छिटै जानेछ।’
अहिले बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४३ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा लगानी ३९ खर्ब ३५ अर्ब रुपैयाँ रहेको प्रवक्ता ढकालले जानकारी दिए।
ढकालले अन्तरबैंक ब्याजदर भने बढेको बताए। गत साता ०.४३ प्रतिशत बाट बढेर अहिले १.३६ प्रतिशत पुगेको छ।
3 minutes ago
24 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago