काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड ३५ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।

संस्थाको सार्वजकि प्रथम त्रैमास विवरणअनुसार यो खुद आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ लाख रुपैयाँले बढी हो । गत वर्ष संस्थाको खुद आम्दानी ७ करोड ९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा ११ करोड १५ लाख रुपैयाँ थियो ।

संस्थाको खुद ब्याज आम्दानी ११ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष ११ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको रिजर्भको आकार १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । 

संस्थाको चुक्तपुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्तापुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको थियो।संस्थाको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।