काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.६९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ३४ करोड ३ लाख रुपैयाँ रहेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा १२ करोड २५ लाख रुपैयाँ रहेको छ। 

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशतले घटेर ४५ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ४६ करोड ५० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर ७९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी ८३ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकले ८० अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ७३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार ७.६२ प्रतिशतले बढेर ३ अर्ब १६ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार २ अर्ब ९३ करोड रुपैयाँमा सीमित थियो। 

बैंकले खराब कर्जाको दर (एनपीएल) २.८७ प्रतिशतबाट घटाएर २.८३ प्रतिशतमा झार्न सफल भएको छ। आधार दर भने १०.७७ प्रतिशतबाट घटेर ८.६३ प्रतिशतमा झरेको छ। बैंकको सीडी रेसियो ७७.८६ प्रतिशतबाट घटेर ७४.८३ प्रतिशतमा झरेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.३१ रुपैयाँ, पीई रेसियो १५.७३ गुणा र प्रतिसेयर नेटवर्थ १४४.५८ रुपैयाँ रहेको छ।