काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाको सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा संस्थाले ३६.३७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष संस्थाले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफा ५ करोड ४ लाख पुर्याउन सफल भएको छ । जब कि अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ३ करोड ६३ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाले व्यावसायिक गतिविधि आक्रमक रहेको देखाउँछ ।

यसैगरी संस्थाको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ६ करोड ५९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको थियो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाको रिजर्भको आकार भने ६.४५ प्रतिशतले घटेर २१ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भको आकार २२ करोड ४८ लाख रुपैयाँ थियो ।

संस्थाको चुक्तापुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४५.६६ रुपैयाँ पुगेको छ ।