काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ९३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

संस्थाले सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४२ लाख ३५ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत वर्ष यही अवधिमा २१ लाख ९४ हजार रुपैयाँमा सीमित थियो ।

संस्थाको सञ्चालन मुनाफा ६४ लाख २६ हजार पुगेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा १४ लाख ७० हजार रुपैयाँमात्र थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रमक देखाउँछ ।

यसैगरी समीक्षा अवधिमा संस्थाले १ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष यस्तो आम्दानी ८९ लाख ६६ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले १७ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भमा १४४ प्रतिशतको छलाङ मारेको छ । संस्थाको रिजर्भमा ४ करोड ८३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १ करोड ९७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ८ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २ करोड ४० लाख रुपैयाँमात्र थियो ।

संस्थाको प्रतिसेयर आम्दानी २०.१६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १५७.५० रुपैयाँ रहेको छ ।