काठमाण्डौ । युनिक नेपाल लुघवित्तय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ८६ लाख ६३ हजार रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ५ करोड १६ लाख रुपैयाँ गर्न सफल भएको छ । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ । 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ ।