काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २६.९९ प्रतिशतले बढेको छ। 

मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत १ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत १ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ४ करोड ३४ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार १३.६६ प्रतिशतले बढेर २० करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार १८ करोड ६ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.४७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २५.९६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६७.७४ रुपैयाँ रहेको छ।