काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को खुद नाफा १३९.२२ प्रतिशतले बढेको छ।

कम्पनीको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २ करोड ९१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि १४३.५७ प्रतिशतले बढेर ४ करोड १३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले सञ्चालन मुनाफाबापत १ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्रथम त्रैमासमा कम्पनीले खुद ब्याज आम्दानीबापत ६ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ७ करोड ४५ लाख रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिमा ८ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

कम्पनीको रिजर्भको आकार १७.२५ प्रतिशतले बढेर ३८ करोड ५८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ३२ करोड ९० लाख रुपैयाँको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.५८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.०३ रुपैयाँ रहेको छ।