काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा सुस्तता देखिएको छ। जसका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाका बिजनेस ओरालो लागेको छ।
काठमाण्डौबाहिर केन्द्रीय कार्यालय रहेको र ग्रामीण तहसम्म पहुँच बनाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापनाकालदेखि नै निरन्तर रुपमा सम्हालिँदै अगाडि बढिरहेको छ। फलस्वरुप सबैभन्दा कान्छो राष्ट्रियस्तरको यस विकास बैंकका अधिकांश मुख्य वित्तीय सूचकहरु सबल र सुदृढ रहेका छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तथ्यांक केलाउने हो भने राष्ट्रियस्तरका विकास बैंकमध्ये शाइन रेसुङ्गाले इम्पेयरमेन्ट चार्ज बढाउँदा पनि प्रतिसेयर आम्दानी (ईपीएस)मा गिरावट आउन दिएको छैन।
निक्षेप संकलन र कर्जा परिचालन पनि शाइन रेसुंगाले फड्को मारेको छ। समीक्षा अवधिसम्म यो बैंकले निक्षेप २१.१८ प्रतिशत र कर्जा लगानी १८.३९ प्रतिशतले बढाउन सफल भएको छ। प्रतिशतका हिसाबले यो विकास बैंकहरुमध्ये धेरै हो। तर, सबैभन्दा पछिल्लो राष्ट्रियस्तरको विकास बैंक भएकाले वासलातको आकार भने सानो नै रहेको छ।
आठवटै विकास बैंकको एनपीएल हेर्दा सबैभन्दा कम मुक्तिनाथको १.९९ प्रतिशत छ भने शाइन रेसुङ्गाको २.११ प्रतिशत रहेको छ।
वित्तीय सूचकमध्ये महत्वपूर्ण मानिने रिटर्न अन इक्विटी (आरओई) मा पनि शाइन रेसुङ्गा राम्रै देखिन्छ। यो बैंकको आरओई १२.४७ प्रतिशत रहेको छ। आरओई सबैभन्दा बढी ज्योति विकास बैंकको १४.८६ प्रतिशत रहेको छ।
अर्को महत्वपूर्ण सूचक प्रतिसेयर आम्दानी (ईपीएस) पनि शाइन रेसुङ्गाको मात्रै बढेको छ भने अन्य बैंकको घटेको छ। अघिल्लो वर्ष यही अवधिमा शाइन रेसुङ्गाको ईपीएस १७.०९ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १७.२६ रुपैयाँ रहेको छ।
शाइन रेसुङ्गाको पीई रेसियो भने १८.७२ प्रतिशत रहेको छ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago