काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरीको इनरुवा नगरपालिकाको इनरुवामा र झापाको मेचीनगरस्थित इँटाभट्टा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको १२१ औँ इनरुवा शाखाको गत फागुन २२ गते र १२२ औँ इँटाभट्टा शाखाको फागुन २३ गते उद्घाटन गरिएको हो। इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं. १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा गरेका हुन्। 

यसैगरी इँटाभट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको गरेका थिए। 

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२२ वटा शाखा तथा ६२ वटा एटिएममार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आएको छ। बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सि–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।