काठमाण्डौ । ग्राहकको मागलाई ध्यानमा राख्दै प्रभु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजनाको अवधि यही भदौ मसान्तसम्म थप गरेको छ।

‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटलले साउन महिनाभरि यो योजना गरिने भनेको थियो। तर ग्राहकको मागलाई ध्यानमा राखेर यो योजनाको अवधि यही भदौ मसान्तसम्म थप गरिएको प्रभु क्यापिटलले जनाएको छ। 

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार प्रभु क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ।

यसका साथै प्रभु क्यापिटलको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपालभरि रहेका २१० वटै शाखाबाट छिटोछरितो रुपमा तथा डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने सुविधा उपलब्ध रहेको क्यापिटलले जनाएको छ।