काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नका लागि आज सोमबारदेखि ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु गरेको छ। 

यो अनलाइन सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खातासम्बन्धी सेवा, क्यापिटलका प्रोडक्ट तथा सेवाहरुसम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाको जानकारी ग्राहकले सहज रुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटससम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ।

यसका साथै प्रभु क्यापिटलले ग्राहकहरुको सेवाका लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकको सेवा समयमै प्रदान गर्नसमेत प्रतिबद्ध रहेको जनाएको छ।