काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले अब आफ्ना ग्राहकलाई बिहान ८ बजेदेखि राति ८ बजेसम्म कार्यालय खोली सेवा प्रदान गर्ने भएको छ। 

नियमित कार्यालय समयबाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी डिम्याट खातासम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रभु क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने भएको हो। यसलाई क्यापिटलले '8 To 8 सेवा' नाम दिएको छ। 

बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म '8 To 8 सेवा' अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गरिने क्यापिटले जनाएको छ। 

  • डिम्याट खाता खोल्ने,
  • मेरो सेयर खाता खोल्ने,
  • डिम्याट र मेरो सेयर खाता नवीकरण गर्ने, 
  • मेरो सेयरको पासवर्ड रिसेट गर्ने,
  • भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने,
  • बैंक खातालगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,
  • राफसाफका लागि डीआईएस लिने, 
  • शेयर रोक्का राख्ने कार्यलगायत ।