काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लामा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान गर्ने गरी होस्टे हैंसे नामक संस्थासँग सम्झौता गरेको छ।

होस्टे हैंसे शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई शिक्षा प्रदान गर्ने कार्य गरिरहेको गैरमुनाफामूलक संंस्था हो।

‘आँखाले ज्योति, शिक्षाले उज्यालो’ भनेझै बालबालिकाको उज्ज्वल भविष्यका लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै छात्रवृत्ति प्रदान गरेको हो। साथै, प्रभु क्यापिटलले सामाजिक दायित्वअन्तर्गतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्वअन्तर्गतका कार्यहरु निर्वाह गरिरहने प्रतिबद्वता गरेको छ।