काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

काठमाण्डौको होटल रेडिसनमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको छ। २०७४ मंसिर २८ देखि वीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्वप्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. विमला दाहाल रेग्मी छन्। 

सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. विमला दाहाल रेग्मी एवं स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ। यसका साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भइका छन्। 

सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ।